यस्तो छ ‘चन्दु च्याम्पियन’ को ट्रेलर

हिमाल प्रेस ६ जेठ २०८१ १३:५१
6
SHARES
यस्तो छ ‘चन्दु च्याम्पियन’ को ट्रेलर

काठमाडौँ-  बलिउड फिल्म ‘चन्दु च्याम्पियन’ को ट्रेलर सार्वजनिक भएको छ।अभिनेता कार्तिक आर्यन अभिनीत फिल्मको ट्रेलरमा सन् १९६५ मा भएको युद्धको दृश्य प्रस्तुत गरिएको छ।

फिल्म आर्मी सिपाही मुरलीकान्त पेटकरको जीवनीमा आधारित छ। पेटकरको भूमिकामा अभिनेता कार्तिक छन्। ट्रेलरको सुरुमा उनी युद्धमा नौ पटक गोली लागेको कारण दुई वर्षदेखि कोमामा रहेको  र अन्य चन्दुको जीवनमा भएका अघिल्ला दुर्घटनाहरू दखाइएको छ।

कवीर खानले निर्देशन गरेको फिल्म साजिद नाडियाडवाला र कबिर खानले संयुक्त निर्माण गरेका हुन्। फिल्म १४ जुनमा प्रदर्शन हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nine =