४८ ग्राम खैरो हिरोइनसहित एक पक्राउ

हिमाल प्रेस ६ जेठ २०८१ १४:५०
20
SHARES
४८ ग्राम खैरो हिरोइनसहित एक पक्राउ

काठमाडौँ– लागुऔषध खैरो हिरोइन ४८ ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। आइतबार नेपाल प्रहरीले पत्रकार सम्मेलन गर्दै उनलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा जिल्ला बाँके कोहलपुर नगरपालिका १२ को ३२ वर्षीय सचिन राना रहेका छन्।

जेठ ५ गते काठमाडौं चन्द्रागिरी नगरपालिका २ नागढुंगास्थित चेक प्वाइन्टमा महेन्द्रनगरदेखि काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ४०५६ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगासहितको टोलीले चेकजाँच गर्ने क्रममा निज बसेको बसको १ (११) नम्बरको सिट पक्राउ गरेको हो।

सचिन रानाले लगाएको सेतो रङको पाइन्टको बायाँ खल्तीभित्र सेतो रङको प्लास्टिकमा लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला पारी प्लाष्टिक हटाएर मान्यताप्राप्त तराजुमा तौल गर्दा ४८ ग्राम रहेको र उक्त लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित निज सचिन रानालाई नियन्त्रणमा लिइ प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धानको कार्य भइरहेको काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले बताए।

त्यस्तै प्रहरीले जेठ ४ गते काठमाडौं महानगरपालिका २२ स्थित मुकुन्द श्रेष्ठको घर गोदाममा डेल कम्पनीको लोगो साधा मनिटरमा लेबलिङ गरी बेचबिखन भइरहेको विशेष सूचनाका आधारमा दुई जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको जनाएको छ।

आइतबार उनीहरुलाई पनि सार्वजनिक गरिएको हो। बर्मा देश भइ कामनपा २२ बस्ने वर्ष २२ को तुषार अग्रवाल र उमेश मुडभरीलाई पक्राउ गरी सार्वजनिक गरेको हो। प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले तुषार अग्रवालबाट कम्पनीको लोगोसहित मनिटर १० कार्टुनको पाँचका दरले ५० थान, लोगो बिनाको ३७ कार्टुनको ५ का दरले १८५ गरी २३५ थान बरामद गरिएको बताए। उनले उमेश मुडभरीलाई नक्कली कम्पनीको लेबलिङ गरी न्युरोडमा पसलमा बेचबिखनको लागि लैजाँदै गर्दा ६ थान मनिटरसहित नियन्त्रणमा लिइएको बताए।

प्रकाशित: ६ जेठ २०८१ १४:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =