बालविकास शिक्षामा सुधार गर्न सडकबाट दबाब, यस्ता छन् माग

हिमाल प्रेस ४ जेठ २०८१ ६:५०
2.2k
SHARES
बालविकास शिक्षामा सुधार गर्न सडकबाट दबाब, यस्ता छन् माग

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को भातृ संगठन नेपाल समाजवादी विद्यार्थी युनियन यतिबेला प्रारम्भिक बालविकास शिक्षा सुधारको माग राखेर सडकमा छ।

युनियनका अध्यक्ष नेत्र चापागाईँले जेठ २ गते माइतीघर मण्डलामा दिनभर उभिएर धर्ना दिन थालेसँगै अहिले उक्त मुद्दा देशव्यापी बनेको छ। नेसपाले हिजो देशभरका पालिकामा धर्ना पनि दिएको थियो।

मुख्य माग

१. बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय कानुन, मूल्यमान्यता र देशको अवस्था हेरेर नीतिगत रूपमा नै सच्याएर कम्तिमा तीन तहको हुने व्यवस्था हुनुपर्ने,

२. बालविकास केन्द्रमाआबद्ध शिक्षकको योग्यता, सुविधा अन्तर्राष्ट्रिय मापदण्डअनुसार समयोचित हुनुपर्ने,

३. प्रत्येक तहमा सहयोगी शिक्षक, कर्मचारीको व्यवस्था गरी हाल सेवा प्रदान गरिरहेका शिक्षक, कर्मचारीलाई तत्काल बालमनोविज्ञान, केयर गिभर, मन्टेश्वरीसम्बन्धी तालिमको व्यवस्था गर्नुपर्ने,

४. यसै आर्थिक वर्षबाट बालविकास केन्द्रको भौतिक संरचना, सिकाइ सामग्री र उपयुक्त पाठ्यक्रमको लागि बजेट विनियोजन तथा नीति तथा कार्यविधि निर्माण गर्नुपर्ने,

५. विद्यार्थीको दिवा खाजा कार्यक्रमका लागि छुट्याइएको प्रतिविद्यार्थी १५ रुपैयाँ बजेट अन्यन्त न्यून र प्रतिविद्यार्थी ५० रुपैयाँ बनाउनुपर्ने र

६. विद्यालयमा खाना पकाउने, खुवाउने सामग्रीलगायत कर्मचारीको व्यवस्था गरी थप प्रभावकारी बनाउनुपर्ने र तीन तहको सरकार बनेपछि भएको समन्वनगत जटिलता समाधानको लागि तहगत क्षेत्राधिकार साथै कर्तव्य र जिम्मेवारी स्पष्ट रूपमा तोकी पालना गराउन पहल गर्नुपर्ने।

उक्त माग लिएर सडकमा आउनुअगाडि युनियनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई खुल्ला पत्र लेखेको थियो।

बालविकास शिक्षा सुधारको माग गर्दै समाजवादी विद्यार्थी युनियनले लेख्यो शिक्षामन्त्रीलाई खुल्ला पत्र


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 2 =