केन्द्रले माग्याे बालविकासदेखिकै विद्यार्थी विवरण

हिमाल प्रेस २५ वैशाख २०८१ ९:५२
1.1k
SHARES
केन्द्रले माग्याे बालविकासदेखिकै विद्यार्थी विवरण

काठमाडाैँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र (अनुसन्धान तथा गुणस्तर सुधार शाखा) ले प्रारम्भिक बालविकास केन्द्रदेखि कक्षा १० सम्मकाे नयाँ विद्यार्थी भर्ना विवरण पठाउन अनुराेध गरेकाे छ।

केन्द्रले यही वैशाख २३ गते सबै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र पठाउँदै वैशाख २५ गते (आज) भित्र विवरण पठाउन अनुराेध गरेकाे हाे।

केन्द्रले पत्रमा भनेकाे छ, ‘प्रस्तुत विषयमा शैक्षिक सत्र २०८१ को भर्ना अभियान कार्यक्रमका सम्बन्धमा मिति २०८१/१/२ गतेको गोरखपत्रमा प्रकाशित कार्ययोजना अवगत भएकै हुनु पर्दछ। उक्त कार्ययोजना अनुसार यस शैक्षिक सत्रमा तहाँ जिल्ला भित्रका विद्यालयहरूमा नयाँ भर्ना भएका विद्यार्थीको हालसम्मको विवरण स्थानीय तहसँग समन्वय गरी निम्न अनुसार तयार गरी यस केन्द्रको IEMIS शाखामा मिति २०८१।०१।२५ गते भित्र पठाइ दिनु हुन निर्देशानुसार अनुरोध छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =