छायामा परेका पात्रलाई प्रोत्साहन गर्दै ‘मनसरा’ टिम

हिमाल प्रेस २४ वैशाख २०८१ ११:५३
938
SHARES
छायामा परेका पात्रलाई प्रोत्साहन गर्दै ‘मनसरा’ टिम

काठमाडौँ- वैशाख २१ देखि प्रदर्शन फिल्म ‘मनसरा’ले गत शनिबार फिल्मको टिमले ग्राउण्डमा काम गर्ने कर्मचारीलाई सहयोग गरेको छ। आगामी दिनमा पनि ग्राउण्डमा काम गर्ने कर्मचारीलाई हौसला मिलोस् भन्ने हेतुले आफुहरुले ग्राउण्ड स्टाफलाई एक लाख नगद सहयोग गरेको निर्माण शैलेन्द्र डी कार्कीले बताए।

आफुहरुको प्राथामिकतामा जहिले पनि पर्दा पछाडीका मान्छे पर्ने र उनीहरुलाई प्रोत्सानको जरुरी रहने बुझेकाले पनि कबड्डी फिल्मस्ले खेलाडीसँगै ग्राउण्ड स्टाफलाई नगद सहयोग गरेको बताए।

गत बुधबार आयोजित उपत्यकामा गरिएको प्रिमियर शोमा लामो समयदेखि फिल्मको पर्दा पछाडि रहेर काम गरिरहेका २ जना प्राविधिकलाई नगद राशीसहित सम्मान गरेको थियो। यसैबीच गत शनिबार सम्पन्न नेपाल र वेस्ट इन्डिज ‘ए’बीच भएको ५ खेलको सिरिजमा सहकार्य गरेको थियो। फिल्म र खेलकुदबीच सहकार्य तथा एकअर्का प्रर्वद्धनका हेतुले ‘मनसरा’ टिमले क्यानसँग सहकार्य गरेको थियो।

देश तथा विदेशका हलहरुमा दर्शकको उत्कृष्ट ‘वर्डअफ माउथ’ सहित प्रदर्शन भइरहेको छ। फिल्मले देश तथा विदेशमा राम्रो व्यापार गरिरहँदा निर्माण टिमले विभिन्न क्षेत्रमा कार्यरत छाँयामा परेका पात्रलाई प्रोत्साहन गरिरहेको छ।

‘मनसरा’ कवि उपेन्द्र सुब्बा निर्देशित दोस्रो फिल्म हो। यो फिल्मको कथा पनि स्वंयम निर्देशक सुब्बाले नै लेखेका हुन्। फिल्ममा मिरुना मगर, प्रविण खतिवडा, दयाहाङ राई, मेनुका प्रधान, हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय छ।

फिल्मका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन्। विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्मातामा छन्। सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकमा छन्। फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनमा बनेको छ।

 

प्रकाशित: २४ वैशाख २०८१ ११:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =