चितवनमा ६ बाघ मृत भेटिए

हिमाल प्रेस २६ वैशाख २०८१ २१:१४
84
SHARES
चितवनमा ६ बाघ मृत भेटिए फाइल तस्बिर।

चितवन- चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको हालसम्म ६ वटा बाघ मृतावस्थामा भेटिएका छन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षमा विभिन्न क्षेत्रमा गरी ती बाघ मृतावस्थामा भेटिएका हुन्।

बाघको हाडखोर मात्रै भेटिने भएकाले भालेपोथी छुट्याउन कठिन हुने गरेको उनले बताए। मृत भेटिएका सबै बाघ प्राकृतिक कारणले मरेको उनले बताए।

यस वर्ष निकुञ्ज र आसपासका क्षेत्रमा बाघ बढी मात्रामा मृत भेटिएका हुन्। उनका अनुसार पछिल्लो समय निकुञ्जमा हुने चोरी सिकारी नियन्त्रणका लागि गस्ती बढाइँदै जाँदा मरेको अवस्थामा बाघ धेरै भेटिएका हुन्।

गत आवमा निकुञ्जमा तीन वटा बाघ मृत भेटिएका थिए। सन् २०२२ को राष्ट्रिय बाघ गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा वयस्क बाघ रहेका छन्। देशभर बाघको संख्या ३५५ छ।

प्रकाशित: २६ वैशाख २०८१ २१:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =