चितवनबाट हराएका बालक मकवानपुरमा भेटिए

हिमाल प्रेस २० फागुन २०८० ११:२५
70
SHARES
चितवनबाट हराएका बालक मकवानपुरमा भेटिए

चितवन- चितवनबाट हराएका एक बालक मकवानपुरमा भेटिएका छन्।

केही बेरअघि उनी मकवानपुरको हेडौँडा बसपार्कमा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

उनी त्यहाँ कसरी र किन पुगे भन्नेबारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

भरतपुर महानगरपालिका-१० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत १३ वर्षीय बालक निकेश बराल विद्यालयबाट घर फर्किने क्रममा हिजोदेखि बेपत्ता भएका थिए।

पोखरा महानगरपालिका-१३ घर भएका बालक बराल गत वर्षदेखि चितवनको गीतानगरस्थित ठूलो बुवाको घरमा बसेर ओम शान्ति एकेडेमीमा पढ्दै आएका थिए।

प्रकाशित: २० फागुन २०८० ११:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =