इलाम-२: नेम्बाङलाई ३२४९ र खड्कालाई २४६९ मत

हिमाल प्रेस १६ वैशाख २०८१ २०:२४
38
SHARES
इलाम-२: नेम्बाङलाई ३२४९ र खड्कालाई २४६९ मत

काठमाडौँ- इलाम-२ को उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५ को मतगणना सकिएको छ। अहिले वडा नं. ६ को मतगणना सुरु भएको छ।

हालसम्म गणना भएको ७ हजार २७ मतमा नेकपा एमालेका सुहाङ नेम्बाङले ३ हजार २४९ मत ल्याएका छन्।

कांग्रेसका डम्बर खड्काले २ हजार ४६९, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ७०३ र रास्वपाका मिलन लिम्बूले ४३४ मत प्राप्त गरेका छन्।

प्रकाशित: १६ वैशाख २०८१ २०:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =