अब सबैखाले विपद्पीडितहरूले घर पुनर्निर्माणका लागि अनुदान पाउने

हिमाल प्रेस २६ वैशाख २०८१ २०:४१
16
SHARES
अब सबैखाले विपद्पीडितहरूले घर पुनर्निर्माणका लागि अनुदान पाउने

काठमाडौँ- सरकारले अब सबैखाले विपदबाट क्षति भएका घरकाे पुनर्निर्माणका लागि अनुदान दिने भएको छ। यसअघि भूकम्प, आगलागी र मनसुनजन्य विपदबाट क्षति भएकाको हकमा मात्रै अनुदान दिने व्यवस्था थियाे।

नेपाल सेल्टर फोरमको दुई दिने छलफलको आज (बुधबार) ललितपुरमा समापन गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सबै प्रकारका विपदबाट हुने आवासकाे क्षतिमा सरकारले पुनर्निर्माणका लागि अनुदान दिने कार्यविधि पारित गरेकाे जानकारी दिए।

‘अबदेखि सबैखाले विपद्का घटनाबाट घरबास गुमाएका नागरिकले आवास पुननिर्माणका लागि अनुदान पाउनुहुनेछ,’ उनले भने, ‘जिल्लाकाे वर्गीकरणअनुसार अनुदान दिने रकम ताेकिएकाे छ।’

विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिकाे वैशाख ३ काे बैठकले पारित गरेकाे कार्यविधि-२०८१ अनुसार जिल्लाकाे वर्गीकरण बमाेजिम लाभग्राहीले ४, ५ र ६ लाख रुपैयाँ तीन किस्तामा अनुदान पाउनेछन्।

कार्यविधिमा काठ खरिदमा सरकारी मूल्यको ९० प्रतिशत छुट र आवास निर्माण गर्न नसक्ने (विपन्न, संकटासन्न र अपांगता भएका) परिवारलाई अनुदान रकममा ५० हजार थप हुने व्यवस्था पनि छ।

कार्यक्रममा राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विस्तृत क्षति आकलन भएसँगै डोटी, बझाङ र जाजरकोट केन्द्रबिन्दू बनाएर भएका भूकम्पबाट आवास गुमाउनेका लागि पुनर्निर्माण र पुन:स्थापनाको काम सुरु गरिने जानकारी दिएकाे थियाे। पुनर्निर्माणमा किरब ७३ अर्ब रुपैयाँ लाग्ने प्राधिकरणकाे अनुमान छ।

प्रकाशित: २६ वैशाख २०८१ २०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 13 =