प्रधानमन्त्री बनिदिन कांग्रेसले रातिराति दैलो चहार्‍यो : रवि लामिछाने

हिमाल प्रेस ६ जेठ २०८१ १९:०६
34
SHARES
प्रधानमन्त्री बनिदिन कांग्रेसले रातिराति दैलो चहार्‍यो : रवि लामिछाने उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने।

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसले प्रधानमन्त्री बनिदिन रातिराति रास्वपाको दैलो चहारेको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको बताएका हुन्।

‘रातिराति प्रधानमन्त्री बनिदिनुस् भनेर दैलो चहार्ने, दिउँसोदिउँसो सदनमा उफ्रने रुटिन देख्यौँ,’ उनले भने।

उनले टेलिभिजनमा हुँदा सबैको तारो भएको र राजनीतिमा हुँदा पनि तारो बनाइएको बताए। उनले आफूले कुनै पनि किसिमको ठगी नगरेको बताए। ‘नयाँ पुस्ताका साथीहरूलाई भन्न चाहन्छु तपाईंहरुको सभापति ठग होइन,’ उनले भने, ‘विधिको विडम्बना जसले कैयौँ ठगहरूलाई एउटा क्यामरा र माइक्रोफोनको बलमा जेल पठाउन मद्दत गर्‍यो। कैयौँ सहकारी पीडितहरूलाई न्याय दिलाउन मद्दत गर्‍यो। आज त्यही मान्छे ठगीको आरोपमा खण्डन गर्न गइरहेको छ।’

प्रकाशित: ६ जेठ २०८१ १९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 19 =