बाँकेमा आगलागी : २५ लाख बराबरको क्षति

हिमाल प्रेस १९ वैशाख २०८१ १९:५६
24
SHARES
बाँकेमा आगलागी : २५ लाख बराबरको क्षति प्रतीकात्मक तस्बिर

नेपालगञ्ज- बाँकेको राप्तीसोनारी गाउँपालिका-८, बालापुरमा आज (बुधबार) भीषण आगलागी भएको छ। बालापुरका स्थानीय चुनलाल थारु, कमला गिरी र तुलसा गिरीको दुई गोठ र दुई घरसहित चार संरचनामा आगलागी हुँदा क्षति भएको राप्तीसोनारी-८ का वडाध्यक्ष शालिकराम डाँगीले जानकारी दिए।

उनका अनुसार थारुको घरमा रहेको अन्नपात, लत्ताकपडालगायत गरगहनासमेत जलेर नष्ट भएको छ। स्थानीय गिरी परिवारको एकएक गोठमा लागेको आगलागीमा परेर भेडा, बाख्रा, भैँसी जलेर मरेको वडाध्यक्ष डाँगीले उल्लेख गरे।

आगलागीका कारण करिब २५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। यसबाहेक राप्तीसोनारी वडा नं २ का जंगलमा पनि डढेलो लागेको छ। दिउँसोमा चल्ने तातो हावाले डढेलोलाई फैलाउन सहयोग गरेको शम्शेरगञ्ज सव डिभिजन कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित: १९ वैशाख २०८१ १९:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fifteen =