दक्षिण कोरियाको एक सुरुङमा आगलागी हुँदा ६ जनाको मृत्यु

हिमाल प्रेस १५ पुष २०७९ ६:१०
दक्षिण कोरियाको एक सुरुङमा आगलागी हुँदा ६ जनाको मृत्यु सांकेतिक तस्बिर।

सियोल– दक्षिण कोरियाको एक ग्योन्गिन एक्सप्रेसवेको ध्वनि प्रतिरोधी सुरुङमा लागेको आगलागीमा परी ६ जनाको मृत्यु भएको छ। राजधानी सियोलबाट करिब २० किलोमिटर दक्षिणमा रहेको ग्वाचेओनमा रहेको उक्त सुरुङमा भएको आगलागीमा परेर उनीहरूको मृत्यु भएको योनहाप न्यूज एजेन्सीले जनाएको छ।

स्थानीय समयानुसार बुधबार दिउँसो १ बजेर ४९ मिनेटमा आगलागी भएको हो। बस र ट्रकबीचको ठक्करपछि दुर्घटना हुँदा आगलागी भएको र सुरुङमा आगो फैलिएको बताइएको छ।

आगलागीबाट विषाक्त ग्यास निस्किएपछि यसबाट प्रभावित थप २० जनाको उपचार भइरहेको छ। दमकल अधिकारीहरूले आगो निभाउन करिब ५० दमकल र उपकरणका साथै करिब १४० दमकल परिचालन गरेका थिए। दिउँसो २ः४० बजे आगो लगभग नियन्त्रणमा आएको थियो।

प्रहरी र दमकलले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान सुरू गरिसकेको बताइएको छ।

प्रकाशित: १५ पुष २०७९ ६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − one =