खर जोगाउन आमा जलिन्, आमा जोगाउन छोरा

हिमाल प्रेस २४ वैशाख २०८१ १९:५९
36
SHARES
खर जोगाउन आमा जलिन्, आमा जोगाउन छोरा प्रतीकात्मक तस्बिर

ओखलढुंगा- आगोले जलेर सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ। आज (सोमबार) मध्याह्नको समयमा हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १५ वर्षीय कञ्चन धमलाको घटनास्थलमै ज्यान गएको हो।

बाहुनडाँडा कोल पाखामा निजी खरपाखामा राखिएको खर घाँस जोगाउने क्रममा सुरुमा आमा आगोमा परेको र आमालाई जोगाउन जाँदा छोराको समेत जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बालिष्टार सिंहले बताए।

घटनास्थलमा प्रहरी परिचालन गरिएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। केही दिनअघि देखि स्थानीय जंगलमा डढेलो लागेको थियो। अहिले जिल्लाका विभिन्न स्थानमा डढेलो लागिरहेको छ।

प्रकाशित: २४ वैशाख २०८१ १९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =