सुहाङ र डम्बरले गरे एउटै मतदान केन्द्रबाट मतदान

हिमाल प्रेस १५ वैशाख २०८१ ८:०८
5.9k
SHARES
सुहाङ र डम्बरले गरे एउटै मतदान केन्द्रबाट मतदान

काठमाडौँ- आज इलाम–२ र बझाङ १ (क)मा उपनिर्वाचन हुँदैछ। बिहान ७ बजेबाटै उपनिर्वाचनका लागि मतदान सुरु भएको हो। अहिले निरन्तर मतदान प्रक्रिया जारी छ। मतदातासँगै उम्मेदवारले पनि मतदान गरेका छन्।इलाम २ का उम्मेदवारहरूले मतदान गरिसकेका छन्। नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले इलाम २ स्थित महेन्द्र रत्न बहुमुखी क्याम्पस मतदान केन्द्रमा मतदान गरेका हुन्।

केहीबेर अघि नेम्बाङले मतदानस्थलमा पुगेर मतदान गरेका हुन्। यस्तै इलाम–२ मा नेपाली कांग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य उमेदवार डम्बर खड्काले मतदान गरेका छन् ।

महेन्द्ररत्न बहुमुखी क्याम्पस केन्द्र ‘क’बाट खड्काले मतदान गरेका हुन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आविमा रहेको मतदान स्थलमा मतदान गरेका छन्।

माङसेबुङ २ स्थयी घर भएका लिम्बूले जनताकल्याण आवि मा रहेको मतदान स्थलको (ख) केन्द्रबाट पहिलो मतदान गरेका हुन् । सोही मतदान स्थलको क केन्द्रमा इलामका जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले समेत मतदान गरेका छन् ।

प्रकाशित: १५ वैशाख २०८१ ८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =