सुनसरी दिनभर तनावग्रस्त : प्रहरीमाथि नै जाइलाग्यो भिड, १९ जना घाइते

हिमाल प्रेस २३ चैत २०८० १८:१६
1.0k
SHARES
सुनसरी दिनभर तनावग्रस्त : प्रहरीमाथि नै जाइलाग्यो भिड, १९ जना घाइते

काठमाडौँ- सुनसरीमा दुई समूहबीचको झडप अहिले प्रहरीले नियन्त्रणमा लिएको छ। सुनसरी जिल्ला प्रशासनले हरिनगरसहित जिल्लाका पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेपछि झडप साम्य भएको सुनसरी प्रहरीले जनाएको छ।

‘दुई समूहबीचको झडप अहिले प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाका पाँच पालिकामा निषेधादेश जारी गरेपछि प्रहरीले झडप नियन्त्रणमा लिन सक्यो,’ सुनसरी जिल्ला प्रहरी प्रमुख एसपी विपिन रेग्मीले भने।

सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी वेदराज फुयलका अनुसार भुटाहामा भिड नियन्त्रणमा लिन प्रहरीले ८० राउन्ड हवाई फायर र ४० सेल अश्रु ग्यास प्रहार गरेको थियो।

भिड नियन्त्रणमा खटिएको प्रहरी पनि घाइते भएका छन्। प्रशासनका अनुसार झडपमा २९ जना घाइते भएका छन्। सुन प्रहरी कार्यालयका अनुसार १९ जना प्रहरी र १० जना प्रदर्शनकारी घाइते भएका हुन्। यीमध्ये पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

यो पनि 

तनावग्रस्त बन्दै सुनसरी, पाँच पालिकामा निषेधाज्ञा

सुनसरीमा दुई समूहबीच झडप : ६ सेल अश्रुग्यास प्रहार, दुई घाइते

हिन्दू र मुस्लिम समुदायबीच विवादले सुनसरीका दुई गाउँपालिकामा निषेधादेश

प्रकाशित: २३ चैत २०८० १८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 4 =