सुनसरीका दुई पालिकामा आज पनि निषेधाज्ञा

हिमाल प्रेस १८ साउन २०८३ ११:४७ | Monday, August 3, 2026
10
SHARES
सुनसरीका दुई पालिकामा आज पनि निषेधाज्ञा जिल्ला प्रशासन कार्यालय सुनसरी।

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय सुनसरीले आज पनि देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ।

जिप्रकाले सोमबार जारी गरेको सूचना अनुसार जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम सोमबार बिहान १० बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो।

जिल्लामा विकसित पछिल्ला घटनाक्रमको समीक्षा गर्दा सुरक्षा अवस्था क्रमशः सुधारोन्मुख रहे पनि शान्ति-सुरक्षा कायम राख्ने उद्देश्यले यस्तो निर्णय गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए।

प्रकाशित: १८ साउन २०८३ ११:४७ | Monday, August 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast