सार्वजनिक स्थलमा जातीय-धार्मिक झन्डा नराख्न सुनसरी प्रशासनको आग्रह

हिमाल प्रेस २० साउन २०८३ १५:३७ | Wednesday, August 5, 2026
6
SHARES
सार्वजनिक स्थलमा जातीय-धार्मिक झन्डा नराख्न सुनसरी प्रशासनको आग्रह जिल्ला प्रशासन कार्यालय सुनसरी।

इटहरी- सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय सुनसरीले सार्वजनिक स्थलमा राखिएका जातीय, धार्मिक, साम्प्रदायिक तथा विशेष पहिचान जनाउने झन्डा–ध्वजापताका तीन दिनभित्र हटाउन आग्रह गरेको छ।

साथै हटाइएका यस्ता झन्डा पुनः सार्वजनिक स्थानमा नराख्न सबै पक्षसँग प्रशासनले अपिल गरेको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनामा विभिन्न समयमा विभिन्न प्रयोजनका लागि सार्वजनिक स्थानमा राखिएका यस्ता झन्डा तथा ध्वजापताका सम्बन्धित पक्षले तोकिएको तीन दिनभित्र हटाउन आग्रह गरिएको छ।

प्रशासनले हटाइएका झण्डा तथा ध्वजापताका पुनः सार्वजनिक स्थानमा नराख्न समेत अनुरोध गरेको छ।

यसका लागि सम्बन्धित स्थानीय तह, सरोकारवाला निकाय तथा सबै पक्षबीच आपसी समन्वय र सहकार्य आवश्यक रहेको सूचनामा उल्लेख गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थानको व्यवस्थापन, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा जिल्लाको शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले उक्त अपिल जारी गरिएको जनाएको छ।

प्रशासनले सबै पक्षलाई जारी सूचनाको पालना गर्दै सामाजिक सद्भाव, आपसी सहिष्णुता र कानुनी व्यवस्थाको संरक्षणमा सहयोग गर्न आग्रह गरेको छ।

हालसालै सुनसरीको देवानगञ्जमा दुई समुदायबीच झडप हुँदा तीन जनाको मृत्यु भएको छ।

प्रकाशित: २० साउन २०८३ १५:३७ | Wednesday, August 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast