साम्य बन्दै मधेशको स्थिति

हिमाल प्रेस १८ साउन २०८३ १३:२४ | Monday, August 3, 2026
12
SHARES
साम्य बन्दै मधेशको स्थिति

जनकपुरधाम- अशान्त मधेश प्रदेशमा क्रमशः चहलपहल पढ्दै गएको छ। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको गोलीकाण्डमा गणेश यादवको मृत्यु भएपछि बिहीबारदेखि मधेश प्रदेश तनावग्रस्त बनेको थियो।

गत शुक्रबार गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारबीच लिखित सम्झौता भएपश्चात् मधेश प्रदेशमा लयमा फर्किन थालेको हो। धनुषा, सिरहा र सप्तरीका केही क्षेत्रमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु तथा निषेधाज्ञा हटेको छ । उक्त स्थलमा यातायातका साधन सञ्चालन हुनाका साथै बजार सञ्चालनमा आएको छ।

स्थानीय विनोद साहले यातायात सेवा सञ्चालनमा आएको र जनजीवन सामान्य बन्दै गएको बताए। सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई सूचना जारी गर्दै आग्रह गरेको छ।

प्रकाशित: १८ साउन २०८३ १३:२४ | Monday, August 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast