आधुनिकता र पश्चिमी संस्कृतिको प्रभाव बढ्दै गए पनि संस्कृति विर्सनु हुन्न : गृहमन्त्री

हिमाल प्रेस २४ कार्तिक २०८३ १२:२७ | Tuesday, November 10, 2026
आधुनिकता र पश्चिमी संस्कृतिको प्रभाव बढ्दै गए पनि संस्कृति विर्सनु हुन्न : गृहमन्त्री

ललितपुर- गृहमन्त्री सुधन गुरुङले नेपालको मौलिक कला, संस्कृति, परम्परा र संस्कारलाई नयाँ पुस्ताले आत्मसात् गर्दै पुस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल संवत् ११४७ को अवसरमा आज ललितपुरको पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले आधुनिकीकरण र पश्चिमीकरणका नाममा मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सन नहुने बताएका हुन् ।

उनले भने, “आधुनिकता र पश्चिमी संस्कृतिको प्रभाव बढ्दै गए पनि हामीले आफ्नो मौलिक पहिचान र पुर्खाबाट प्राप्त संस्कार बिर्सन हुँदैन । ललितपुरको कला, संस्कृति, वास्तुकला, भूगोल र ऐतिहासिक संरचनाले नेपालको पहिचान अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ । पुर्खाहरूले जोगाएर राखेको सम्पदा र परम्पराका कारण विदेशी पर्यटकलाई नेपालको ऐतिहासिक तथा सांस्कृतिक वैभव देखाउन सम्भव भएको हो ।”

उनले पाटनसँग आफ्नो सामाजिक यात्राको विशेष सम्बन्ध रहेको उल्लेख गर्दै ‘इनफ इज इनफ’ आन्दोलनका क्रममा यही ठाउँमा अनशन बसेको स्मरण गरे ।

गृहमन्त्री गुरुङले नेवार समुदायका जात्रा, पर्व र सामूहिक परम्पराले सामाजिक एकता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गरे ।

तिहारका अवसरमा घरघरमा गएर देउसी–भैलो खेल्ने र सामूहिक रूपमा रमाइलो गर्ने परम्परा कमजोर हुँदै गएको भन्दै त्यसलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।

उनले सुरक्षा प्रदान गर्ने जिम्मेवारी सरकारको भएको उल्लेख गर्दै २४ सै घण्टा सांस्कृतिक गतिविधि सहज रूपमा सञ्चालन गर्न सक्ने निर्णय गरिएको स्पष्ट पारे ।

प्रकाशित: २४ कार्तिक २०८३ १२:२७ | Tuesday, November 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast