अलैँची निर्यातबाट पूर्वी नेपालको व्यापारमा झन्डै एक अर्बको योगदान

हिमाल प्रेस २४ कार्तिक २०८३ १२:०१ | Tuesday, November 10, 2026
अलैँची निर्यातबाट पूर्वी नेपालको व्यापारमा झन्डै एक अर्बको योगदान तस्बिर : एआई निर्मित

झापा- काँकडभिट्टा नाकाबाट गत असोज महिनामा रु ९८ करोड ८८ लाख ८४ हजार बराबरको अलैँची निर्यात भएको छ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी मांकल राईका अनुसार सो महिनामा पाँच लाख ४१ हजार ९४० केजी अलैँची भारत निर्यात भएको छ।

उनका अनुसार रु ४९ करोड ५४ लाख ५२ हजार बराबरको १७ लाख १५ हजार ९३२ केजी चिया, रु ४४ करोड २३ लाख ४८ हजारको एक लाख १८ हजार ४४४ केजी प्लाइउड र रु आठ करोड ९५ लाख ५० हजारको १३ लाख १९ हजार १४० केजी अम्रिसो निर्यात भएको छ।

अलैँची, चिया र प्लाइउड पूर्वी नेपालको झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा उत्पादन हुने निर्यातजन्य वस्तु हुन्।

सोही महिनामा रु आठ करोड ९५ लाख ३६ हजार मूल्य बराबरको ४६ हजार ७४५ केजी छुर्पी (कुकुर बिरालोको खानां), रु २९ करोड ८४ लाख ६७ हजारको २० लाख ८० हजार ७६३ केजी फलामे पाता र रु चार करोड ८३ लाख १८ हजार बराबरको ४८ हजार ३१८ केजी सुकुटी (सुकाएको मासु) निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।

प्रकाशित: २४ कार्तिक २०८३ १२:०१ | Tuesday, November 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast