काठमाडौँ- बागलुङमा मैनबत्ती बालेर दीपावली गर्ने क्रममा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। ताराखोला गाउँपालिका–३ हिल गाउँका थमबहादुर पुनको घरमा आगलागी भएको प्रहरीले जनाएको छ। मैनबत्तीबाट सल्किएको आगोको कारण घरभित्र रहेको ग्यास सिलिन्डरसमेत विस्फोट हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ। आगलागीबाट भएको क्षतिको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन।