राजीनामा दिँदै के भने सुधन गुरुङले?

हिमाल प्रेस ९ वैशाख २०८३ १४:५७ | Wednesday, April 22, 2026
राजीनामा दिँदै के भने सुधन गुरुङले?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले रामराज्यको चाहना राख्नेले त्याग र नैतिक साहस पनि देखाउनुपर्नेमा जोड दिँदै पदबाट राजीनामा दिएका छन्। उनी चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए। उनीमाथि विवादास्पद व्यवसायी दीपक भट्टसँग मिलेर विभिन्न कम्पनीमा अवैध रुपमा सेयर लगानी गरेको आरोप लागेको छ।

त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, एमाले लगायतले गृहमन्त्रीको राजीनामा मागेका थिए। उनले आफूले पदबाट राजीनामा दिएको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन्। गुरुङ रास्वपाका सांसद हुन्। उनी प्रतिनिधिसभा सदस्यमा गोरखा निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका थिए।

राजीनामा दिनुअघि बालेनले दिएको अभिव्यक्ति (बुँदागत रूपमा)

पछिल्ला दिनमा मेरो सेयरलगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको छु।

मेरो लागि पदभन्दा नैतिकता ठूलो हो, र जनविश्वासभन्दा ठूलो शक्ति केही छैन।

देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठेको जेनजी आन्दोलनले सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्ने सन्देश दिएको छ।

४६ जना भाइबहिनीहरूको बलिदानबाट बनेको सरकारप्रति उठ्ने प्रश्नहरूको उत्तर नैतिकताबाट दिनुपर्छ भन्ने मेरो धारणा छ।

मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले, पदमा रहँदा कन्फ्लिट अफ इन्ट्रेस्ट नहोस् भनेर आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।

मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु।

सञ्चारकर्मी, आमनेपाली नागरिक र युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन आग्रह गर्दछु।

केही सञ्चारकर्मीहरूको पनि विभिन्न स्वार्थ (स्विट सेयर) सम्बन्धी विषयहरू क्रमशः सार्वजनिक हुन सक्ने संकेत गर्दछु।

रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउनुपर्नेमा जोड दिन्छु।

गुरुङले के लेखका छन् सामाजिक सञ्जालमा?

म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।
For my country and For the respect of our security forces and For the youths of Nepal.
प्रकाशित: ९ वैशाख २०८३ १४:५७ | Wednesday, April 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast