एमालेले माग्यो गृहमन्त्री गुरुङको राजीनामा

हिमाल प्रेस ८ वैशाख २०८३ १६:५९ | Tuesday, April 21, 2026
6
SHARES
एमालेले माग्यो गृहमन्त्री गुरुङको राजीनामा

काठमाडौँ- एमालेले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ। एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले विज्ञप्ति जारी गर्दै राजीनामा माग गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘गृहमन्त्रीसँग सम्बन्धित विषयहरूमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अगाडि बढाउन नेकपा ९एमाले० जोडदार माग गर्दछ । यसका लागि नेकपा ९एमाले० स्पष्ट रूपमा भन्छ–अनुसन्धानलाई कुनै पनि प्रकारको शक्ति वा प्रभावबाट मुक्त राखेर अघि बढाइनु पर्दछ।’

गृहमन्त्री स्वयंले ढिलासुस्ती वा ढाकछोप नगरी अनुसन्धान प्रक्रियालाई सहज, निष्पक्ष र प्रभावरहित बनाउन तुरुन्त मार्गप्रशस्त गर्न पनि एमालेले माग गरेको छ।

प्रकाशित: ८ वैशाख २०८३ १६:५९ | Tuesday, April 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast