एमाले स्थायी कमिटी बिहीबार बस्ने, विद्या भण्डारी पनि सहभागी हुने

हिमाल प्रेस २१ असोज २०८३ १०:०० | Wednesday, October 7, 2026
एमाले स्थायी कमिटी बिहीबार बस्ने, विद्या भण्डारी पनि सहभागी हुने

काठमाडौँ- नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि (बिहीबार) बस्ने भएको छ। गत मंसिर २७ देखि पुस ३ सम्म ११ औँ महाधिवेशन गरेको एमालेको पहिलो स्थायी कमिटी बैठक असोज २२ गते बस्ने भएको हो।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने तय भएको एमाले स्रोतले जनाएको छ। एमालेको असोज ५-८ मा बसेको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्यमा १९ जना पदाधिकारी बाहेक ७ जना नेताहरूलाई मनोनयन गर्ने निर्णय गरेको थियो।

११ वर्षपछि यो बैठकमा एमाले वरिष्ठ नेता विद्या भण्डारी पनि सहभागी हुनेछिन्।

 

प्रकाशित: २१ असोज २०८३ १०:०० | Wednesday, October 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast