सर्‍यो एमाले केन्द्रीय कमिटी बैठकको मिति

हिमाल प्रेस २ मंसिर २०८३ ६:३४ | Wednesday, November 18, 2026
सर्‍यो एमाले केन्द्रीय कमिटी बैठकको मिति

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको मिति परिवर्तन भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले मंसिर ५ गते तय भएको केन्द्रीय कमिटी बैठक मंसिर ४ गतेलाई सारिएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

त्यस्तै बैठकले आजदेखि सुरु हुने राष्ट्रिय भेलाका एजेण्डामाथि छलफल भएको छ । नेता भट्टका अनुसार दुई दिने राष्ट्रिय भेलामा अध्यक्ष केपी शर्मा ओलीले वर्तमान नेपालको राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने प्रस्तुत गर्ने बैठकले निर्णय गरेको छ ।

त्यस्तै वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयिक राजनीतिबारे कार्यपत्र तथा उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षबारे कार्यपत्र प्रस्तुत गर्नेछन् ।

त्यस्तै अर्का उपाध्यक्ष विष्णु पौडेलले एमालेको सरकारको कार्यकालमा गरेका विकासका कामहरूबारे तथ्यांकसहित कार्यपत्र र महासचिव शङ्कर पोखरेलले पार्टी शुद्धीकरण तथा शुद्धीकरणसम्बन्धी कार्यपत्र पेस गर्नेछन् ।

निर्वाचनको तयारी र पार्टी सङ्गठनलाई परिचालन गर्न भेला आयोजना गरेको एमालेले जनाएको छ ।

प्रकाशित: २ मंसिर २०८३ ६:३४ | Wednesday, November 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast