ट्रम्प, पुटिन र चिनफिङ भेट्ने समय तोकियो

हिमाल प्रेस १ मंसिर २०८३ १०:३४ | Monday, November 16, 2026
ट्रम्प, पुटिन र चिनफिङ भेट्ने समय तोकियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यही नोभेम्बर १९ मा चीनको सेन्जेनमा त्रिपक्षीय बैठक हुने दाबी गरिएको छ। एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका अवसरमा हुने भनिएको बैठकमा विश्वव्यापी द्वन्द्व, कृत्रिम बुद्धिमत्ता (एआई), आणविक हतियार नियन्त्रण र इरान संकटबारे छलफलको अपेक्षा गरिएको छ।

नोभेम्बर १८ र १९ मा सेन्जेनमा ३३औँ एपेक आर्थिक नेताहरूको बैठक आयोजना गरिँदै छ। त्यसमा २१ सदस्य राष्ट्रका नेताहरू सहभागी हुने चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। हङकङसँग सीमा जोडिएको दक्षिणी ग्वाङदोङ प्रान्तको सेन्जेन चीनको प्रमुख प्रविधि तथा औद्योगिक केन्द्र हो।

त्रिपक्षीय बैठकमा विश्वव्यापी द्वन्द्व, एआई र आणविक हतियार कटौतीका विषयले प्राथमिकता पाउने अपेक्षा छ । इरान संकट पनि छलफलको महत्त्वपूर्ण विषय बन्न सक्छ। इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार र कच्चा तेलको प्रमुख खरिदकर्ता चीन भएकाले यस क्षेत्रमा उसको आर्थिक तथा रणनीतिक स्वार्थ जोडिएको छ।

प्रकाशित: १ मंसिर २०८३ १०:३४ | Monday, November 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast