धनगढीबाट काठमाडौँका आउँदै गरेको बस सुस्तामा दुर्घटना, २५ जना घाइते

हिमाल प्रेस १ मंसिर २०८३ ९:३४ | Monday, November 16, 2026
धनगढीबाट काठमाडौँका आउँदै गरेको बस सुस्तामा दुर्घटना, २५ जना घाइते

काठमाडौँ- नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती नगरपालिका–११ लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

बिहान करिब पौने ७ बजेतिर धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको यात्रुवाहक बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको हो।

घाइतेहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १ मंसिर २०८३ ९:३४ | Monday, November 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast