भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

हिमाल प्रेस २६ कार्तिक २०८३ १३:०७ | Thursday, November 12, 2026
भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

काठमाडौंँबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको यात्रुवाहक गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको खबरले आफूलाई स्तब्ध र अत्यन्तै मर्माहत बनाएको थापाले बताएका छन्।

सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै सभापति थापाले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन्।

थापाले अकल्पनीय दुर्घटनामा परी ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

उनले दुर्घटनाबाट प्रभावित परिवारजनले भोग्नुपरेको पीडाप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारलाई यो असह्य पीडा सहन सक्ने शक्ति प्राप्त होस् भनी कामना गरेका छन्।

बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको यात्रुवाहक माइक्रोबस भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत चिसापानी गढीमा सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मृतकमध्ये दुई जनाको पहिचान खुलेको छ। अन्य मृतकको पहिचान खुलाउने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

छठ पर्व मनाउन घर फर्किरहेका यात्रुहरू दुर्घटनामा परेपछि घटनाले सर्लाहीसहित विभिन्न क्षेत्रमा शोक छाएको छ।

प्रकाशित: २६ कार्तिक २०८३ १३:०७ | Thursday, November 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast