ईभी दुर्घटना : खुल्यो चालकको पहिचान, मृतकको पनि खुल्दै

हिमाल प्रेस २६ कार्तिक २०८३ १२:५३ | Thursday, November 12, 2026
ईभी दुर्घटना : खुल्यो चालकको पहिचान, मृतकको पनि खुल्दै

काठमाडौँ- मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज भएको गाडी दुर्घटनामा मृत्यु भएका चालकको पहिचान खुलेको छ ।

चालक सर्लाही कविलासी नगरपालिका–८ का रविशंकर कुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रहरीका अनुसार, उक्त दुर्घटनामा १० जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका छन् । दुर्घटनाका घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंबाट सर्लाहीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुबाहक गाडी बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौं सडकबाट करिब ५०० मिटर तल झरेको थियो ।

अन्य मृतकको पहिचान हुन बाँकी छ । दुर्घटनाका कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए । रासस

प्रकाशित: २६ कार्तिक २०८३ १२:५३ | Thursday, November 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast