मोरङको प्रगति टोलमा घरमा  क्षति, एक जना घाइते

हिमाल प्रेस २६ कार्तिक २०८३ ११:४८ | Thursday, November 12, 2026
मोरङको प्रगति टोलमा घरमा  क्षति, एक जना घाइते

काठमाडौँ- मोरङको सुनवर्षी नगरपालिका ६ प्रगति टोलस्थित एक घरमा आगलागी हुँदा एक जना घाइते भएका छन् ।

मोरङका प्रहरी निरीक्षक बद्री दाहालका अनुसार गएराति सवा ८ बजे स्थानीय ७५ वर्षीय दिलबहादुर कार्कीको काठको दुई तल्ले घरमा आगलागी भएको हो ।

आगलागीबाट उनको २६ वर्षीया छोरी निशा कार्की घाइते भएकी छन् । आगलागीबाट उनको दुवै हात्त र दाहिने खुट्टा जल्न पुग्दा घाइते भएको र उनलाई उपचारका लागि रंगेली अस्पताल पठाइएको दाहालले जानकारी दिए । उनका अनुसार निशाको अवस्था सामान्य छ ।

आगलागीका कारण खुल्न बाँकी रहेको र क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित: २६ कार्तिक २०८३ ११:४८ | Thursday, November 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast