ट्रम्पको विरोधमा इरानमा उठिरहेको मागले के संकेत गरेको छ?

हिमाल प्रेस ३ साउन २०८३ १५:४७ | Sunday, July 19, 2026
18
SHARES
ट्रम्पको विरोधमा इरानमा उठिरहेको मागले के संकेत गरेको छ?

काठमाडौँ- इरानका पूर्वसर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको अन्तिम संस्कार र शोकसम्बन्धी कार्यक्रमहरू एक हप्तासम्म चले। तर यी केवल श्रद्धाञ्जलीमा मात्र सीमित रहेनन्। यस अवधिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध बदलाको माग निरन्तर सुनियो।

समयसँग यी माग थप संगठित, प्रखर र राजनीतिक रुपमा महत्त्वपूर्ण देखिन थाले। इरानको राजनीतिक नेतृत्व र धार्मिक प्रतिष्ठानले खामेनेईको मृत्युका लागि जिम्मेवार मानिएका विरुद्धको प्रतिशोधलाई ‘राष्ट्रिय कर्तव्य र धार्मिक जिम्मेवारी’ का रुपमा प्रस्तुत गरेको छ।

यही सन्देश आजभोलि इरानका सञ्चारमाध्यम, राजनीतिक भाषण र सार्वजनिक विमर्शमा प्रमुखताका साथ देखिइएको छ। यो घटनाक्रम केवल शोक वा भावनात्मक प्रतिक्रियाको अभिव्यक्ति मात्र होइन, यसमा धार्मिक प्रतीक, आन्तरिक राजनीति र रणनीतिक सन्देशहरूको स्पष्ट मेल देखिन्छ।

यही कारणले गर्दा यी धम्की र बयानहरूलाई लिएर धेरै प्रश्नहरू खडा भएका छन्। ट्रम्पविरुद्ध आइरहेका चेनावी र प्रतिशोधका मागहरू खामेनेईपछिको इरानको राजनीतिक दिशाका संकेत हुन्? यी बयानबाजीमा शिया विचारधाको मूभिका के छ? र, के यस्तो माहोलमा इरान र अमेरिकाबीच भविष्यमा पुनः कूटनीतिक सम्बन्ध सुधार हुने सम्भावना बाँकी छ? यी प्रश्नहरू अहिले अन्तर्राष्ट्रिय चर्चाको केन्द्रमा छ।

इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनेईले आफ्ना पिताको अन्तिम संस्कारपछि पहिलोपटक सार्वजनिक रुपमा प्रतिक्रिया दिए। तर, उनको सन्देशको केन्द्र युद्धपछिको मेलमिलाप, राष्ट्रिय एकता वा देशका पुनर्निर्माणको कुरा थिए। यसको सट्टा उनले स्पष्ट रुपमा प्रतिशोधको राजनीतिमा जोड दिए।

११ जुलाईमा जारी एक वक्तव्यमा मोजतबाले आफू आफ्ना दिवंगत पिताको बाटोमा अगाडि बढ्ने बताए। यो बयान एक हप्ता लामो शोक समारोह समापन भएको एक दिनपछि सार्वजनिक भएको थियो। मोजतबा आफैँ भने यी सार्वजनिक समारोहहरूमा सहभागी भएका थिएनन्।

आफ्नो सन्देशमा उनले भनेका थिए,‘म मेरा पिताको रगत र युद्धका सबै सहिदहरूको रगतको बदला हत्याराहरूसँग लिनेछु।

उनले यस प्रतिशोधलाई ‘राष्ट्रको इच्छा’ भन्दै यसलाई जसरी पनि पूरा गरिनुपर्नु बताए। साथै उनले यसका लागि जिम्मेवार मानिसहरू ‘कहिले पनि शान्तिपूर्वक मर्न नपाउने’ चेतावनी दिए।

विश्लेषकहरूका अनुसार यो बयान केवल एक छोराले आफ्ना पिताप्रति दिएको भावनात्मक श्रद्धाञ्जली मात्र थिएन, बरु त्यो राजनीतिक सन्देशको हिस्सा थियो, जुन अन्तिम संस्कार र शोक समारोहका क्रममा लगातार सहतमा आयो।

खामेनेईको श्रद्धाञ्जलीको अन्त्येष्टिमा श्रद्धाञ्जलीका अभिव्यक्तिसँगै प्रतिशोधको माग पनि प्रमुख रुपमा अगाडि सारियो। इरानका सरकारी टेलिभिजन च्यानहरूले बारम्बार यस्ता नारहरू प्रसारण गरे, जसमा बदलाको माग गरिएको थियो। शोक र्‍यालीहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई खामेनेईको मृत्युका लागि जिम्मेवार ठहराइएका ब्यानर र पोस्टरहरू बोकेका देखिए। केही पोस्टरहरूमा अमेरिकासँग कुनै पनि प्रकारको वार्ता वा सम्झौताको स्पष्ट विरोध गरिएको थियो।

ती नाराहरूको सन्देश तेहरानको प्रतिक्रियाको आधार अब कूटनीतिक नभई न्याय र प्रतिशोधपूर्ण हुनुपर्ने भन्ने थियो। अन्तिम संस्कारको समयमा र त्यसपछि पनि धेरै वरिष्ठ राजनीतिज्ञ, सांसद, धर्मगुरु र सञ्चारमाध्यमहरूले पनि यस्तै भाषाको प्रयोग गरे। यसले खामेनेईपछिको इरानमा प्रतिशोधको राजनीतिलाई एक केन्द्रीय राष्ट्रिय भाष्यका रुपमा स्थापित गर्ने योजनाबद्ध प्रयास भइरहेको धारणालाई थप बल पुर्‍यायो।

इरानको राजनीतिक व्यवस्थाले लामो समयदेखि ठूला राष्ट्रिय संकटहरूपछि प्रतीक र भावनात्मक नाराहरूको प्रयोग गर्दै आएको छ। तर, खामेनेईको मृत्युपछि जसरी विभिन्न राजनीतिक, धार्मिक र मिडिया समूहरूसँगै बदलाको मागलाई अगाडि बढाए, त्यो विशेष रुपमा ध्यान तान्ने खालको छ।

इरानका कट्टरपन्थी नेता सइद जलिलीले ‘सहिद नेता’ को बदला लिनु देशको अधिकारमात्र नई अधिकारीहरूको कर्तव्य पनि भएको बताए। उनका अनुसार देशको सबैभन्दा ठूलो राष्ट्रिय पूँजीको रक्षा गर्न प्रतिशोधनको बाटोमा हिँड्नु आवश्यक छ।

संसदको राष्ट्रिय सुरक्षा र विदेश नीति समितिका सदस्य अली खेजरियानको एक लेखमा वरिष्ठ धर्मगुरुहरूका तर्फबाट जारी धार्मिक आदेशहरू अब ‘बदलाको आँधीको सामूहिक इच्छा’ मा परिणत भइसकेका उल्लेख गरिएको छ। अब यसलाई कसैले पिन रोक्न नसक्ने उनले दाबी गरेका छन्।

सरकारी र सम्बद्ध सञ्चारमाध्यमले शोक मनाइरहेका मानिसहरूले रातो झन्डा बोकेको र बदलाको नारा लगाइरहेको भिडिया देखाइरहेका छन्। समग्रमा खामेनेईको मृत्युपछि बदलाको माग केही नेताहरूको अभिव्यक्तिमा मात्रै सीमित रहेन। यसलाई राजनीतिक नेता, धर्मगुरु, सांसद र सञ्चारमाध्यमको ठूलो वर्गले मिलेर अगाडि बढाएको छ, जसका कारण यो सन्देश इरानको सार्वजनिक विमर्शको प्रमुख हिस्सा बनेको छ।(बीबीसीको सहयोगमा)

प्रकाशित: ३ साउन २०८३ १५:४७ | Sunday, July 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast