अमेरिकाद्वारा इरानी तेल ट्यांकरमाथि आक्रमण

हिमाल प्रेस २० भदौ २०८३ १५:१२ | Saturday, September 5, 2026
अमेरिकाद्वारा इरानी तेल ट्यांकरमाथि आक्रमण फाइल तस्बिर

काठमाडौँ- इरानको मुख्य तेल निर्यात टर्मिनल खार्ग द्विपनजिकै शक्तिशाली विस्फोटको आवाज सुनिएको इरानी मिडियाहरुले जनाएका छन्। विस्फोटको आधिकारिक कारण भने अझै खुल्न सकेको छैन।

स्थानीय इरानी सञ्चारमाध्यमहरुले स्रोतलाई उद्धृत गर्दै इरानको एक तेल ट्यांकरलाई लक्षित गरेर आक्रमण गरिएको बीबीसीले जनाएको छ।

इरानी सरकारीनिकट सञ्चारमाध्यम नूरन्युज तथा स्टुडेन्ट न्यूज एजेन्सीका अनुसार अमेरिकी सेनाले खार्ग द्विप क्षेत्रमा रहेको इरानी ट्यांकरमा मिसाइल प्रहार गरेको जनाएका छन्। तर, यी दाबीहरू स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन।

यसैबीच खार्ग द्विपमा रहेका फार्स न्यूजका संवाददाताका अनुसार फारसको खाडीतर्फबाट विस्फोटको ठूलो आवाज सुनिए पनि घटनास्थल वरपर कुनै धुवाँ वा आगलागीको संकेत नदेखिएको बताएका छन्।

घटनाबारे इरानी अधिकारीहरुले अहिलेसम्म कुनै आधिकारिक टिप्पणी वा वक्तव्य जारी गरेका छैनन्।

प्रकाशित: २० भदौ २०८३ १५:१२ | Saturday, September 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast