ट्रम्प र जिनफिङसँग त्रिपक्षीय वार्ता गर्ने पुटिनको प्रस्ताव

हिमाल प्रेस ३ कार्तिक २०८३ २०:५६ | Tuesday, October 20, 2026
10
SHARES
ट्रम्प र जिनफिङसँग त्रिपक्षीय वार्ता गर्ने पुटिनको प्रस्ताव

काठमाडौँ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र चीनका राष्ट्रपतिसँग त्रिपक्षीय वार्ता गर्ने प्रस्ताव राखेका छन्।

युक्रेन युद्धको भविष्यबारे निर्णय लिन पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनफिङसँग संयुक्त वार्ता गर्ने प्रस्ताव राखेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्।

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार पुटिनले युद्ध अन्त्य र भावी रणनीतिका लागि तीन शक्तिशाली राष्ट्रहरुबीच संवादको आवश्यकता औँल्याएका हुन्।

अमेरिकी राष्ट्रपति ट्रम्प रुसी राष्ट्रपति पुटिनको यो प्रस्तावप्रति सकारात्मक रहेको प्रतिक्रिया दिँदै आफै त्रिपक्षीय वार्ताका लागि तयार रहेको बताएका छन्।

तर, उनले बैठकको मुख्य एजेन्डा युक्रेन मुद्दाभन्दा पनि ‘परमाणु हतियारको उन्मूलन’ मा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। यसका साथै युक्रेन, मामिलामा रुसले लिएको अडानलाई ट्रम्पले ‘स्वीकार गर्न योग्य’ भन्दै टिप्पणी गरेका छन्।

‘द वाल स्ट्रिट जर्नल’ मा प्रकाशित यससम्बन्धी रिपोर्टपछि युरोपेली राष्ट्रहरुमा गम्भीर चिन्ता बढेको छ भने युक्रेनले यस प्रस्तवाको तीव्र आलोचना गरेको छ।

यसैबीच ट्रम्पले पुनः युक्रेनी समकक्षी भेलोडिमिर जेलेन्स्कीकको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। उनले अब युक्रेनको तर्फबाट वार्ताको नेतृत्व गर्न अर्का कुनै नयाँ व्यक्ति अगाडि आउने समय भइसकेको संकेत गरेका छन्।बीबीसीको सहयोगमा

प्रकाशित: ३ कार्तिक २०८३ २०:५६ | Tuesday, October 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast