आलोचनापछि ट्रम्पकी प्रेस सचिव ज्याकरायाद्वारा राजीनामा

हिमाल प्रेस ३१ असोज २०८३ १२:०३ | Saturday, October 17, 2026
आलोचनापछि ट्रम्पकी प्रेस सचिव ज्याकरायाद्वारा राजीनामा

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी ह्वाइट हाउट प्रेस सचिव केटी ज्याकरायाले आफ्नो पद छाड्ने भएकी छन्।

ह्वाइट हाउसमा उनको पहिलो प्रेस ब्रिफिङलाई लिएर चौतर्फी आलोचना भएपछि उनले पद छाड्ने भएकी हुन्। यसअघि उनले पदबाट राजीनामा दिने अड्कलबाजी सुरू भएको थियो।

पद छाड्ने निर्णय सार्वजनिक भएपछि ज्याकरायाले सामाजिक सञ्जाल एक्समा एक सन्देश लेख्दै राष्ट्रपति ट्रम्पको प्रशंसा गरेकी छन्। उनले लेखेकी छन्,‘राष्ट्रपति ट्रम्प एक दयालु, शानदार, विनम्र, अरुको ध्यान राख्ने, जोसिलो र मेहनीत व्यक्ति हुनुहुन्छ। अझ धेरै अमेरिकीहरूले उहाँको कदर गर्दा राम्रो हुन्थ्यो। कसैले पनि अमेरिकालाई उहाँले जस्तो महान् बनाउन सक्ने छैन। उहाँका लागि काम गर्नु मेरो लागि सम्मानको कुरा थियो।’

ज्याकरायाले गत मंगलबार ह्वाइट हाउसको प्रेस सचिवका रूपमा आफ्नो पहिलो ब्रिफिङ गरेकी थिइन्। १५ मिनेटभन्दा पनि कम समय चलेको उक्त ब्रिफिङमा पत्रकारहरूले केवल तीनवटा प्रश्न सोध्ने मौका पाएका थिए।

त्यसलगत्तै मिडियाले उनको कार्यक्षमता, योग्यता र यस पदका लागि उनको पूर्वतयारीमाथि गम्भीर प्रश्न उठाएका थिए।

शुक्रबार उनको राजीनामाको खबर आउनुभन्दा केही घण्टाअघि राष्ट्रपति ट्रम्पले पनि यस विषयमा संकेत दिएको बीबीसीले जनाएको छ।

मिडियाले ज्याकारायाप्रति कठोर व्यवहार गरेको दाबी गर्दै ट्रम्पले भनेका थिए,‘मैले उनलाई भनेको थिएँ-केटी, के यो काम तिम्रा लागि हो? किनभने साँचो भन्नुपर्दा तिमीलाई यसको आवश्यकता छैन।’

प्रेस ब्रिफिङको विवादसँगै ज्याकारायाको कानुनी योग्यतालाई लिएर पनि प्रश्न उठ्न थालेका छन्। राष्ट्रपति ट्रम्पले नियुक्त गर्दा उनलाई ‘वकिल’ को रुपमा चिनाएका थिए किनभने जयकराया स्वयंले पनि आफूलाई वकिल दाबी गर्दै आएकी थिइन्।

ज्याकरायाले सन् २०११ मा क्यालिफोर्नियाको पेपराडाइन विश्वविद्यालयकाट कानुनमा स्नातक गरेकी हुन्, तर, अमेरिकामा कानुनको डिग्री प्राप्त गर्दैमा स्वतः कानुनी अधिकार प्राप्त हुँदैन। बार परीक्षा दिए पनि उनी उतीर्ण हुन नसकेको बताइएको छ।

प्रकाशित: ३१ असोज २०८३ १२:०३ | Saturday, October 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast