यस्तो बन्यो कांग्रेसको २३१ सदस्यीय केन्द्रीय समिति [नामावलीसहित]

हिमाल प्रेस ३१ असोज २०८३ ९:०७ | Saturday, October 17, 2026
यस्तो बन्यो कांग्रेसको २३१ सदस्यीय केन्द्रीय समिति [नामावलीसहित]

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ। सभापतिमा थापा निर्वाचित हुँदा विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति बनेका छन्। पार्टीको महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डा. डिला संग्रौला (पन्त) निर्वाचित भएका छन्।

निर्वाचित केन्द्रीय कार्यसमितिमा विभिन्न पदाधिकारीसहित खुला, महिला, आदिवासी जनजाति, दलित, मधेशी, खसआर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्ति, युवा, प्रदेशगत भूगोल र विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने सदस्य छन्।

उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी, इन्जिनियर मधु आचार्य, पुष्पा भुसाल र विनोदकुमार चौधरी निर्वाचित भएका छन्। भुसाल महिला र चौधरी समावेशी समूहबाट उपसभापति बनेका हुन्।

सहमहामन्त्रीमा प्रतिमा गौतम, रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, बहादुरसिंह लामा (तामाङ), प्रकाश रसाइली स्नेही, अजयकुमार चौरसिया, मनोजमणि आचार्य, योगेन्द्र चौधरी, डा. मोहम्मद फिरदोश आलम, जीवनबहादुर शाही र आङ्गेलु शेर्पा निर्वाचित भएका छन्।

केन्द्रीय कार्यसमितिमा खुला तथा विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व सुनिश्चित गरिएको छ। खुला समूहबाट चिरीबाबु महर्जन, निष्कल राई, इन्द्रबहादुर बानियाँ, प्रा.डा. गोविन्दराज पोखरेल, इन्जिनियर मोहन आचार्य, जितनारायण श्रेष्ठ, प्रबल थापालगायत निर्वाचित भएका छन्।

महिला समूहबाट वासना थापा, उर्मिला थपलिया, निमा गिरी, कुसुमदेवी थापा, धनाकुमारी खतिवडा, अनिता देवकोटा, लक्ष्मी पाण्डेलगायत केन्द्रीय सदस्य बनेका छन्। आदिवासी जनजाति समूहबाट तीर्थ लामा, इन्जिनियर अनुप श्रेष्ठ, डा. प्रेमध्वज लामा, कर्मा छिरिङ शेर्पालगायत निर्वाचित भएका छन्।

दलित समूहबाट सीता मिजार, शान्ति परियार, रूपा विक, कमला नेपाली, छायाँ सुनारलगायत केन्द्रीय सदस्य बनेका छन्। मधेशी समूहबाट अनिलकुमार रुङ्गटा, रामकृष्ण यादव, डा. गरिब दास ठाकुर, जितेन्द्रनारायण देव, दिनेशकुमार यादव, डा. मधुकुमारी ठाकुरलगायत निर्वाचित भएका छन्।

खसआर्य समूहबाट इन्जिनियर लक्ष्मण केसी, भीम पराजुली, जगदीशचन्द्र उपाध्याय, राजेन्द्र केसी, डा. भद्रा पराजुली भण्डारीलगायत निर्वाचित भएका छन्। थारू समूहबाट डा. भोगेन्द्रप्रसाद चौधरी, जनकराज चौधरी, वेदनारायण गच्छदारलगायत तथा मुस्लिम समूहबाट डा. अताबुल मंसुरी, मोहम्मद इर्शाद अन्सारी, अब्दुल रज्जाक गद्दीलगायत केन्द्रीय सदस्य बनेका छन्।

युवा समूहबाट सचिन तिमल्सेना, इन्जिनियर अभिषेक आत्रेय, सुशील भट्ट, डा. आयुस बगाले, आदर्श मल्ललगायत निर्वाचित भएका छन्। सातै प्रदेशबाट युवा प्रतिनिधि र प्रदेशगत भूगोलका आधारमा पनि केन्द्रीय सदस्य चयन भएका छन्।

यसैगरी नेपाली जनसम्पर्क समिति, विभिन्न अन्तर्राष्ट्रिय क्षेत्र, पेशागत तथा विषयगत क्षेत्र, श्रमिक वर्ग, काठमाडौं उपत्यका तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्व प्रभावित समुदायबाट समेत केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

नयाँ केन्द्रीय कार्यसमितिमा विभिन्न समुदाय, क्षेत्र र पुस्ताको प्रतिनिधित्व समेटिएको छ। नयाँ नेतृत्वले पार्टीको संगठन सुदृढीकरण, आन्तरिक एकता र आगामी राजनीतिक कार्यदिशालाई कसरी अघि बढाउँछ भन्ने चासोका बीच २३१ सदस्यीय कार्यसमिति बनेको हो।

सभापति 
१. गगन कुमार थापा

वरिष्ठ उपसभापति 

२. विश्व प्रकाश शर्मा

उपसभापति
३. डा. चन्द्रकान्त भण्डारी
४. ई. मधु आचार्य

उपसभापति (महिला)
५. पुष्पा भुसाल

उपसभापति (समावेशी)
६. विनोदकुमार चौधरी

महामन्त्री 
७. प्रदिप पौडेल
८. उदयशमशेर राणा
९. डा. डिला संग्रौला (पन्त)

सहमहामन्त्री 
१०. प्रतिमा गौतम
११. रामहरि खतिवडा
१२. अजय बाबु शिवाकोटी
१३. बहादुर सिंह लामा (तामाङ)
१४. प्रकाश रसाईली स्नेही
१५. अजय कुमार चौरसिया
१६. मनोज मणि आचार्य
१७. योगेन्द्र चौधरी
१८. डा. मो. फिरदोश आलम
१९. जीवन बहादुर शाही
२०. आङगेलु शेर्पा

केन्द्रीय सदस्य (खुला)
२१. चिरी बाबु महर्जन
२२. निश्कल राई
२३. ईन्द्रबहादुर बानियाँ
२४. प्रा.डा. गोविन्दराज पोखरेल
२५. ई. मोहन आचार्य
२६. जितनारायण श्रेष्ठ
२७. प्रवल थापा
२८. गणेश लामा
२९. राजिव कोइराला
३०. हिमाल दत्त श्रेष्ठ
३१. डा. शोभाकर पराजुली
३२. बिद्वान गुरुङ
३३. अर्जुन प्रसाद जोशी
३४. ई. अमृत ज्ञवाली
३५. ई. नवराज त्रिपाठी
३६. सन्दीप राना
३७. भरत कुमार शाह
३८. नरेन्द्र कुमार केरुङ
३९. मिन कृष्ण महर्जन
४०. बलदेव तिमल्सिना
४१. महेश खरेल
४२. जन्मजय तिमिल्सिना
४३. युवराज पाण्डेय
४४. कुमार लुइटेल
४५. ई. ऋषि कोइराला
४६. ई. दिपक बाबु कँडेल
४७. उज्जवल प्रसाद बराल
४८. किरण के.सी.
४९. दिपक भट्टराई
५०. महेन्द्र कुमार शर्मा
५१. डा. सुरज राज काफ्ले
५२. डा. मुकेशराज काफ्ले
५३. मदन कृष्ण श्रेष्ठ
५४. प्रमोदहरि गुरागाई
५५. लेखनाथ पोख्रेल
५६. किरण किशोर घिमिरे
५७. रवि सिंह
५८. डा. कृष्ण प्रसाद पौडेल
५९. तिलक बहादुर रानाभाट
६०. प्रदिप कुमार सुनुवार
६१. प्रकाश सिंह कार्की
६२. डा. मुक्तिराम श्रेष्ठ
६३. कृष्ण रिजाल
६४. निलकण्ठ रिजाल
६५. सुधान्सु कोइराला

केन्द्रीय सदस्य (महिला)
६६. वासना थापा
६७. उर्मिला थपलिया
६८. निमा गिरी
६९. कुसुमदेवी थापा
७०. धना कुमारी खतिवडा
७१. अनिता देवकोटा
७२. लक्ष्मी पाण्डे
७३. सृजना अधिकारी
७४. मुना भुसाल
७५. चिनी पोखरेल (चिनु)
७६. कल्पना तिवारी
७७. रिता थापा मगर
७८. गंगा दाहाल
७९. उमा दाहाल
८०. कान्तिका सेजुवाल

केन्द्रीय सदस्य (आदिवासी जनजाति)
८१. तीर्थ लामा
८२. ई. अनुप श्रेष्ठ
८३. डा. प्रेमध्वज लामा
८४. कर्मा छिरिङ शेर्पा
८५. टेक प्रसाद गुरुङ
८६. भिम श्रीस मगर
८७. रामकृष्ण चित्रकार
८८. बुद्ध लामा
८९. गेल्जे लामा (शेर्पा)
९०. बंशलाल तामाङ
९१. अमृत गुरुङ
९२. सुशील गुरुङ
९३. गीता गुरुङ
९४. डा. गंगा लक्ष्मी अवाल
९५. रेनुका काउचा
९६. सपना राजभण्डारी जोशी
९७. सिता कुमारी राना
९८. प्रमिला राई
९९. लिला देवी वोखिम लिम्बु
१००. पुनम लामा

केन्द्रीय सदस्य (दलित)
१०१. सिता मिजार
१०२. शान्ती परियार (वि.क.)
१०३. रुपा वि.क.
१०४. कमला नेपाली
१०५. छायाँ सुनार
१०६. धर्मेन्द पासवान
१०७. डा. डि.बी. सुनार
१०८. सागर परियार
१०९. हरिशरण नेपाली
११०. शिव बहादुर सुनार
१११. मन्जित ताम्राकार
११२. राजु परियार
११३. अम्मर बहादुर बराईली
११४. दीपक सोनी

केन्द्रीय सदस्य (मधेशी)
११५. अनिल कुमार रुंगटा
११६. राम कृष्ण यादव
११७. डा. गरिव दास ठाकुर
११८. जितेन्द्र नारायण देव
११९. दिनेश कुमार यादव
१२०. असर्फी शाह
१२१. उमेश चन्द्र यादव
१२२. मि. अशोक कुमार शाह
१२३. डा. मधु कुमारी ठाकुर
१२४. रेखा कुमारी यादव
१२५. अन्जु झा
१२६. मिनाक्षी झा
१२७. गिता कुमारी यादव

केन्द्रीय सदस्य (खसआर्य)
१२८. ई. लक्ष्मण के.सी.
१२९. भीम पराजुली
१३०. जगदीश चन्द्र उपाध्याय
१३१. राजेन्द्र के.सी.
१३२. जनार्दन सिंह क्षेत्री
१३३. उत्तमराज जोशी
१३४. अनुज चापागाई
१३५. कृष्ण प्रसाद कोइराला
१३६. माइकल रामचन्द्र अर्याल
१३७. गणेश सापकोटा
१३८. डा. भद्रा पराजुली भण्डारी
१३९. जानुका पन्त
१४०. गीता देवकोटा
१४१. कृष्ण कुमारी बस्नेत
१४२. बिनिता अधिकारी
१४३. जानकी सिंह
१४४. देवकी गौतम
१४५. चम्पा देवी खड्का

केन्द्रीय सदस्य (थारु)
१४६. डा. भोगेन्द्र प्रसाद चौधरी
१४७. जनक राज चौधरी
१४८. वेद नारायण गच्छदार
१४९. साजन कुमार महतो
१५०. डा. जीवन राना
१५१. डा. प्रमिला कुमारी गच्छदार

केन्द्रीय सदस्य (मुस्लिम)
१५२. डा. अताबुल मंसुरी
१५३. मो. इर्शाद अन्सारी
१५४. अब्दुल रज्जाक गद्दी
१५५. जमिला खातुन
१५६. सनम वेगम

केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र)
१५७. दिपकजंग शाह
१५८. सुशीला वम

केन्द्रीय सदस्य (अल्पसंख्यक तथा अपांगता)
१५९. अर्जुन शेरचन
१६०. प्रकाश पन्थ

केन्द्रीय सदस्य (युवा खुला)
१६१. सचिन तिमल्सेना
१६२. ई. अभिषेक आत्रेय
१६३. सुशील भट्ट
१६४. डा. आयुस बगाले
१६५. आदर्श मल्ल
१६६. ई. रोशन बस्नेत
१६७. ई. शैलेश मिश्र

केन्द्रीय सदस्य (युवा- कोशीबाट)
१६८. डा. योशिका भट्टराई
१६९. ई. हेमकाजी बस्नेत

केन्द्रीय सदस्य (युवा- मधेशबाट)
१७०. ममता शर्मा
१७१. गौरव पाण्डे

केन्द्रीय सदस्य (युवा- बागमतीबाट)
१७२. रजनी थापा
१७३. अंशुल के.सी.

केन्द्रीय सदस्य (युवा- गण्डकीबाटबाट)
१७४. डा. कला पन्त
१७५. ई. सुवास पौडेल

केन्द्रीय सदस्य (युवा- लुम्बिनीबाट)
१७६. सुष्मा पाण्डे
१७७. अनुराग खड्का

केन्द्रीय सदस्य (युवा- कर्णालीबाट)
१७८. भगवती शाही
१७९. मोहन राना

केन्द्रीय सदस्य (युवा- सुदूरपश्चिमबाट)
१८०. रिता शाही
१८१. ई. भुवन राज भट्ट

कोशी प्रदेश भूगोलबाट
१८२. मृदुला कोइराला
१८३. डम्बर बहादुर खड्का
१८४. मेदनी प्रसाद सिटौला
१८५. दीपन कुमार श्रेष्ठ

मधेश प्रदेश भूगोलबाट
१८६. मेघा शाही
१८७. डा. अन्जनी कुमार झा
१८८. शम्भु बहादुर बुढाथोकी
१८9. विनोद कुमार खनाल

बागमती प्रदेश भूगोलबाट
१९०. हरि प्रभा खड्गी
१९१. प्रा.डा. सुर्यकान्त घिमिरे
१९२. ई. रोहित पौडेल
१९३. सन्तोष चालिसे

गण्डकी प्रदेश भूगोलबाट
१९४. सरस्वती अर्याल तिवारी
१९५. किरण बाबु श्रेष्ठ
१९६. रेशमबहादुर वानियाँ
१९७. खुमा प्रसाद अर्याल

लुम्बिनी प्रदेश भूगोलबाट
१९८. बालकुमारी भण्डारी
१९९. कमल किशोर घिमिरे
२००. अमर प्रसाद भण्डारी
२०१. प्रचण्ड विक्रम न्यौपाने (गुण्टु)

कर्णाली प्रदेश भूगोलबाट
२०२. रामदेवी खड्का
२०३. राजिव विक्रम शाह
२०४. खड्ग बहादुर शाही
२०५. दिक्पाल कुमार शाही

सुदूरपश्चिम प्रदेश भूगोलबाट
२०६. अम्बिका कुमारी चलाउने
२०७. जनक चटौत
२०८. दिवान सिंह विष्ट
२०९. बहादुर सिंह थापा

नेपाली जनसम्पर्क समितिबाट
२१०. सिता सापकोटा घिमिरे
२११. चन्द्रा अधिकारी (चन्दा)

युरोप क्षेत्रबाट
२१२. जितेन्द्र विक्रम शाही

ओसियाना–अमेरिका क्षेत्रबाट
२१३. सिए. विद्या भूषण कार्की

मध्यपूर्व क्षेत्रबाट
२१४. पुरुषोत्तम खनाल

प्यासिफिक क्षेत्रबाट
२१५. डा. बलराम श्रेष्ठ

भारतबाट
२१६. बालकृष्ण पाण्डे

पेसागत/विषयगत क्षेत्रबाट
२१७. डा. केदार नरसिंह केसी
२१८. प्रा.डा. जगदीश चन्द्र पोखरेल
२१९. वरिष्ठ अधिवक्ता सीताराम केसी
२२०. डा. प्रदीप मिश्र
२२१. केशव निरौला
२२२. डा. सीता पोख्रेल (घिमिरे)
२२३. बाला अधिकारी

श्रमिक वर्गबाट
२२४. खिलानाथ दाहाल
२२५. योगेन्द्र कुमार कुँवर
२२६. सितादेवि काफ्ले

काठमाडौं उपत्यकाबाट
२२७. मोहन बहादुर वस्नेत
२२८. प्रा.डा. अमिता प्रधान शाक्य

प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्व प्रभावित समुदायबाट
२२९. सत्यनारायण माझी थारु
२३०. बालकृष्ण दाहाल
२३१. जनार्दन अर्याल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast