काठमाडौँ– अघिल्लो दिन शुक्रबारको तुुलनामा आज शनिबार काठमाडौँ उपत्यकामा चिसो बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.८ डिग्री सेल्सियस देखिएको छ।
यद्यपि यो प्रारम्भिक मापन हो। आजको न्यूनतम तापक्रमको अन्तिम अर्थात् आधिकारिक मापन अहिले ८:४५ बजे गरिन्छ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवाती मापनमा भन्दा अरू घट्ने सम्भावना हुन्छ।
हिजो शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस थियोे। यस हिसाबले हिजोभन्दा आज काठमाडौँ उपत्यकामा चिसो बढेको छ।
त्यसो त मनसुन बािहिरिएर पश्चिमी वायु भित्रिएयता देशभर नै तापक्रम घट्दो र चिसो बढ्दो छ।
प्रकाशित: १ कार्तिक २०८३ ८:०५ | Saturday, October 17, 2026
प्रतिक्रिया




