आईसीसी क्रिकेट विश्वकप लिग २ : नेपालले टस हार्यो, क्यानडाले ब्याटिङ रोज्यो

हिमाल प्रेस ३१ असोज २०८३ ११:०५ | Saturday, October 17, 2026
8
SHARES
आईसीसी क्रिकेट विश्वकप लिग २ : नेपालले टस हार्यो, क्यानडाले ब्याटिङ रोज्यो

काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले क्यानडाविरुद्ध टस हारेको छ ।

ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपरान्ह सवा ११ बजेदेखि सुरु हुने खेलमा क्यानडाका कप्तान हमजा तारिकले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । सन्दीप जोराको स्थानमा गुल्शन झा टोलीमा फर्किएका छन् ।

जारी शृङ्खलामा नेपालले यसअघि क्यानडा र ओमान दुवैलाई हराइसकेको छ । क्यानडाले सुरुवाती दुई खेलमा ओमान र नेपालसँग हार बेहोरेपछि बिहीबार ओमानलाई पराजित गरेको थियो ।

लिग २ अंकतालिकामा नेपाल ३४ खेलबाट २८ अंकसहित छैटौं स्थानमा छ भने क्यानडा ३५ खेलबाट २७ अंकसहित सातौंमा छ ।

आजको खेलमा नेपालले क्यानडालाई पराजित गरे नेपाल छैटौं हुने पक्का हुनेछ । यदि नेपाल पराजित भएमा क्यानडा छैटौंमा उक्लनेछ र नेपालले अन्तिम खेलमा ओमानलाई हराउनुपर्नेछ ।

प्रकाशित: ३१ असोज २०८३ ११:०५ | Saturday, October 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast