कास्की कारागारबाट फरार कैदी पक्राउ

हिमाल प्रेस ३ कार्तिक २०८३ २१:०१ | Tuesday, October 20, 2026
8
SHARES
कास्की कारागारबाट फरार कैदी पक्राउ

पोखरा – जिल्ला प्रहरी कार्यालय कास्कीले कारागारबाट दुई दिनअघि फरार भएका एक कैदीलाई पक्राउ गरेको छ।

कास्की कारागारबाट फरार भएका पोखरा –१८ का ३७ वर्षीय सन्तोष जलारीलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो।

पृथ्वीचोकको न्यू झरना गेष्टहाउसमा लुकेर बसेको अवस्थामा प्रदेश प्रहरी कार्यालय पोखरा र कास्की प्रहरीको टोलीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

ज्यान र डाकासम्बन्धी कसूरमा जन्मकैद ठहर फैसला भई सजाय भुक्तान गरिरहेका जलारी १ कात्तिकमा कास्की कारागारबाटै फरार भएका थिए।

प्रकाशित: ३ कार्तिक २०८३ २१:०१ | Tuesday, October 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast