१८ वर्ष कैद सजाय ठहर भएका फरार कैदी पक्राउ

हिमाल प्रेस १७ असोज २०८३ ६:३८ | Saturday, October 3, 2026
१८ वर्ष कैद सजाय ठहर भएका फरार कैदी पक्राउ

काठमाडौँ- प्रहरीले जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय ठहर भएका फरार कैदीलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले जबरजस्ती करणी मुद्दामा १८ वर्ष जेल सजाया भएका धादिङको सिद्धलेक गाउँपालिका–३ का ३८ वर्षीय गणेश श्रेष्ठलाई पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले जेनजी आन्दोलनको मौका छोपेर केन्द्रीय कारागारबाट भागेका श्रेष्ठलाई काठमाडौं महानगरपालिका–२६ सामाखुसीबाट पक्राउ गरिएको जानकारी दिए ।

श्रेष्ठले जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका थिए । पक्राउ श्रेष्ठलाई आवश्यक कारबाहीका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा बुझाएको ब्युरोले जनाएको छ ।

प्रकाशित: १७ असोज २०८३ ६:३८ | Saturday, October 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast