काठमाडौँ- नेपाली कांग्रेसको देउवा पक्षले ४३ जिल्लामा नयाँ सभापति निर्वाचित गरेको छ।
कोशी प्रदेशअन्तर्गत ताप्लेजुङमा अमरबहादुर सेन्दाङ, झापामा कृष्ण हुमागाईं, संखुवासभामा रामकुमार जीमी, भोजपुरमा धर्मराज राई, धनकुटामा कमोट फागु, खोटाङमा रोजन राई, ओखलढुंगामा डेकराज भट्टराई र उदयपुरमा वसन्तकुमार बस्नेत जिल्ला सभापतिमा चयन भएका छन्।
मधेश प्रदेशअन्तर्गत धनुषामा कोमलकान्त झा र बारामा राजेश राय यादव जिल्ला सभापति चयन भएका छन्।
बागमती प्रदेशअन्तर्गत दोलखामा ताराकुमार खड्का, रसुवामा उपेन्द्र लम्साल, सिन्धुपाल्चोकमा बालकृष्ण बस्नेत, काभ्रेपलाञ्चोकमा रमेशप्रसाद हुमागाईं, चितवनमा मिलनबाबु श्रेष्ठ र ललितपुरमा सुदर्शन घिमिरे सभापतिमा निर्वाचित भएका छन्।
गण्डकी प्रदेशअन्तर्गत कास्कीमा ऋषिराम काफ्ले, पर्वतमा यमबहादुर मल्ल, स्याङ्जामा इन्द्रबहादुर गोदार, म्याग्दीमा हीराबहादुर पुन र नवलपुरमा अशोक बस्ताकोटी जिल्ला सभापति चयन भएका छन्।
लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तुमा राजेश सिंह, अर्घाखाँचीमा बाबुराम पौडेल, गुल्मीमा वेदबहादुर थापा, रोल्पामा मानबहादुर खत्री, प्युठानमा देवेन्द्र बर्मा, दाङमा गोपालराज शर्मा, बाँकेमा प्रमोदबहादुर श्रेष्ठ र बर्दियामा जग्गाप्रसाद पाण्डे जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
कर्णाली प्रदेशअन्तर्गत पश्चिम रुकुममा नन्दबहादुर विष्ट, सल्यानमा दीपक चन्द, जुम्लामा नेत्रकला शाही, मुगुमा तिलक मल्ल, हुम्लामा सूर्यबहादुर शाही, कालिकोटमा नगेन्द्र विष्ट, जाजरकोटमा रामजंग शाह र दैलेखमा दिनेशकुमार हमाल निर्वाचित भएका छन्।
सुदूरपश्चिम प्रदेशअन्तर्गत बाजुरामा धनराज पण्डित, बझाङमा हर्कजंगबहादुर सिंह, डोटीमा बाजिसिंह खड्का, दार्चुलामा सुरेन्द्रराज अवस्थी, बैतडीमा वीरबहादुर विष्ट र डडेल्धुरामा डिल्लीराम जोशी जिल्ला सभापति चयन भएका छन्।



