दोधाराचाँदनीको सामुदायिक वनमा पाटेबाघ मृत भेटियो

हिमाल प्रेस १ मंसिर २०८३ १७:५५ | Tuesday, November 17, 2026
दोधाराचाँदनीको सामुदायिक वनमा पाटेबाघ मृत भेटियो

कञ्चनपुर- कञ्चनपुरको दोधाराचाँदनीमा पाटेबाघ मृत फेला परेको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार दोधाराचाँदनी नगरपालिका-२ स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा आज पाटेबाघ मृत भेटिएको हो।

‘जंगलभित्र पाटेबाघ मृत भेटिएकोे छ, निकुञ्ज कार्यालयबाट चिकित्सकसहितको टोली घटनास्थलमा गएको छ’,उनले भने,‘घटनास्थलको मुचुल्का र पाटेबाघको स्वास्थ्य परीक्षणको रिर्पोटपछि मृत्युको कारण खुल्छ।’

जंगलभित्र पाटेबाघ मृत फेला पारेपछि स्थानीयले निकुञ्ज प्रशासनलाई खबर गरेका थिए।

प्रकाशित: १ मंसिर २०८३ १७:५५ | Tuesday, November 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast