काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंसिर ५ गतेपछि मात्रै बस्ने भएको छ । महामन्त्री प्रदीप पौडेलले १५ औँ महाधिवेशन सम्पन्न भएपछिको पहिलो केन्द्रीय कार्यसमितिको बैठक मंसिर ५ गतेपछिका लागि आह्वान गरिने जानकारी दिए।
महामन्त्री पौडेलका अनुसार बैठक बोलाउने र बैठकमा के–के एजेण्डा राख्ने भन्ने विषयमा हाल छलफल भइरहेको छ ।
जिल्ला र प्रदेश अधिवेशन नगरी केन्द्रीय महाधिवेशन गरेको नेपाली कांग्रेसले अब बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट ती दुवै तहका अधिवेशनको मिति तोक्ने पार्टी सभापति गगन थापाले सार्वजनिक रूपमै बताइसकेका छन् ।
छठ पर्वका अवसरमा आफू प्रतिनिधि सभा निर्वाचन लडेको सर्लाही–४ पुगेका सभापति थापाले आइतबार केन्द्रीय कार्यसमिति बैठक बोलाउने र त्यसले जिल्ला तथा प्रदेश अधिवेशनको मिति तोक्ने बताएका थिए ।
सभापति थापाका अनुसार पुस पहिलो साता जिल्ला अधिवेशन गर्ने र त्यसको तीन–चार दिनपछि प्रदेश अधिवेशन गर्ने गरी मिति तय गरिने बताएका थिए ।



