पूर्वगृहमन्त्री गुरुङको सम्पत्ति छानबिन गर्न कांग्रेसका सांसदको माग

हिमाल प्रेस ४ जेठ २०८३ १३:३८ | Monday, May 18, 2026
पूर्वगृहमन्त्री गुरुङको सम्पत्ति छानबिन गर्न कांग्रेसका सांसदको माग

काठमाडौँ- पूर्वगृहमन्त्री सुदन गुरुङको सम्पत्ति छानबिन गर्न नेपाली कांग्रेसका सांसदले माग गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका उपनेता अभिषेक प्रताप शाहले पूर्वगृहमन्त्री गुरुङको सम्पत्ति विवरण अस्वाभाविक र शंकास्पद देखिएको भन्दै तत्काल निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताए।

उनका अनुसार हाल गठन गरिएको छानबिन समितिले उनलाई उन्मुक्ति दिने प्रयास गरिरहेको आशंका सार्वजनिक रूपमा उठिरहेको छ।

‘संशयको घेरामा रहेका पूर्वगृहमन्त्रीलाई बचाउन आयोग नै सक्रिय भएको जनस्तरमा व्यापक चर्चा छ,’ शाहले भने।

उनले कुनै पनि शक्तिशाली व्यक्तिलाई कानुनभन्दा माथि राख्न नहुने भन्दै आयोगले दबाब वा प्रभावमा परेर कसैलाई सफाइ दिने काम गर्न नहुने धारणा राखे।

पूर्वगृहमन्त्री गुरुङको विषयमा पारदर्शी र निष्पक्ष छानबिन हुनुपर्ने उनको जोड थियो।

प्रतिनिधिसभा जनताको विश्वासको केन्द्र भएको भन्दै उनले सरकारसँग आयोगका गतिविधिमाथि निगरानी राख्न र उच्चस्तरीय तथा पारदर्शी छानबिन सुनिश्चित गर्न आग्रह गरे।

प्रकाशित: ४ जेठ २०८३ १३:३८ | Monday, May 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast