मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुरको पहिलो जित

हिमाल प्रेस १२ कार्तिक २०८३ १५:५६ | Thursday, October 29, 2026
4
SHARES
मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुरको पहिलो जित

काठमाडौँ- मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङको मद्दतमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जनकपुरले काठमाडौँ गोर्खाजलाई आठ विकेटले पराजित गरेको हो।

यसअघि पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। काठमाडौँले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।

काठमाडौँले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो। तेस्रो विकेटका लागि मोइन अली र सैफ हसनले अविजित ७९ रनको साझेदारी गरेपछि जनकपुरले सहज जित हासिल गरेको हो।

मोइनले ५१ बलमा तीन चौका र तीन छक्कासहित अविजित ५८ रन बनाए। त्यस्तै, सैफले ३९ बलमा एक चौका र तीन छक्का प्रहार गर्दै ४० रनमा नटआउट रहे।

जनकपुरका ओपनर तृतराज दास पाँच रनमा क्याच आउट भए भने मयन यादव नौ रन बनाएर रनआउट भए। काठमाडौँका लागि रिपोन मण्डलले एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँ गोर्खाज १९.३ ओभरमा ११५ रनमै समेटिएको थियो।

जनकपुरका बलरहरूले कसिलो बलिङ गर्दै काठमाडौँलाई ठूलो योगफल बनाउनबाट रोके। यससँगै जनकपुरले आठ विकेटको जित निकाल्दै प्रतियोगितामा आफ्नो खाता खोलेको छ।

प्रकाशित: १२ कार्तिक २०८३ १५:५६ | Thursday, October 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast