गृहमन्त्री सुधन गुरुङले दिए पदबाट राजीनामा

हिमाल प्रेस ९ वैशाख २०८३ १४:३३ | Wednesday, April 22, 2026
30
SHARES
गृहमन्त्री सुधन गुरुङले दिए पदबाट राजीनामा सुदन गुरुङ

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार सामाजिक सञ्जालमार्फत पदबाट राजीनामा दिएको जानकारी दिएका हुन्।  उनले २०८२ चैत १३ गतेदेखि आफूले इमानदारीपूर्वक जिम्मेवारी सम्हाल्दै आएको उल्लेख गरेका छन्।

पछिल्ला दिनहरूमा आफ्नो सेयरसम्बन्धी विषयमा नागरिक स्तरबाट उठेका प्रश्न, टिप्पणी तथा जनचासोलाई गम्भीर रूपमा लिएको उनले बताएका छन्। ‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन’, उनले लेखेका छन्।

गुरुङले हाल देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्ने सन्देश दिएको पनि उल्लेख गरेका छन्।

आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ नदेखियोस् भन्ने उद्देश्यले आफूले तत्काल प्रभावबाट राजीनामा दिएको उनले स्पष्ट पारेका छन्। ‘मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु,’ उनले लेखेका छन्।

साथै उनले सञ्चारकर्मी, आमनेपाली नागरिक तथा युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन आग्रह गरेका छन्। परिवर्तनका लागि त्याग र नैतिक साहस आवश्यक रहेको उनको भनाइ छ।

यर कारोबारमा विवादास्पद व्यवसायी दीपक भट्टसँग जोडिएको विषयमा उनीमाथि आरोप लागेपछि प्रतिपक्षी नेपाली कांग्रेस, एमालेलगायतका दलले उनको राजीनामा मागेका थिए।

प्रकाशित: ९ वैशाख २०८३ १४:३३ | Wednesday, April 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast