इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

हिमाल प्रेस २२ कार्तिक २०८३ ८:०८ | Sunday, November 8, 2026
इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

काठमाडौँ- सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।

उपमहानगरपालिका–१३ गणेश पेट्रोल पम्प नजिक गएरात ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीका अनुसार प्रदेश १–०४ ००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरी उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्‍याइएको थियो। तर चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए। मृतक दुवै जनाको पहिचान खुलेको छैन।

दुर्घटनापछि ट्रक चालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ कार्तिक २०८३ ८:०८ | Sunday, November 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast