काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार प्रतिकेजी गोलभेँडा ठूलोको अधिकतम मूल्य ७० रुपैयाँ, सानो लोकल गोलभेँडाको ३०, रातो आलुको ६०, सेतो आलुको ३२ र सुकेको भारतीय प्याजको ९२ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, लोकल गाजरको १००, बन्दा ३५, स्थानीय काउली ४०, तराई काउली ३०, रातो मूलाको ४०, मटरकोशाको १३०, घिउ सिमीको ६०, करेलाको ८० र भिण्डीको ९० रुपैयाँ अधिकतम थोक मूल्य छ ।
यसैगरी, हरियो प्याजको २५०, कन्य च्याउको १३०, डल्ले च्याउको ४५०, सिताके च्याउको १ हजार, कुरीलोको ८००, ब्रोकाउलीको १००, अदुवाको १०० र सुकेको खुर्सानीको ५३० रुपैयाँ अधिकतम मूल्य तोकिएको छ ।
फलफूलतर्फ फुजी स्याउको ३५०, जुम्लाको स्याउको ३००, केरा ९नेपाली० को प्रतिदर्जन १५०, अनारको ३५०, भारतीय सुन्तलाको २००, जुनारको २००, कागतीको २५० र ड्रागन फ्रुटको ५०० रुपैयाँ प्रतिकेजी अधिकतम थोक मूल्य निर्धारण गरिएको छ ।
त्यस्तै, सुकेको नेपाली लसुनको २६०, हरियो धनियाँको १००, ताजा रहु माछाको ३७० र सुकेको माछाको १ हजार रुपैयाँ प्रतिकेजी अधिकतम थोक मूल्य रहेको समितिले जनाएको छ ।



