के आज पनि पानी पर्छ?

हिमाल प्रेस २२ कार्तिक २०८३ ६:४० | Sunday, November 8, 2026
4
SHARES
के आज पनि पानी पर्छ?

काठमाडौँ- देशका हिमाली र पहाडी भू–भागमा आज दिउँसो आंशिक बदली रहने भएको छ । तराईका क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कोशी र बागमती प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भाग र अन्य प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ । बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा भोलि बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

महाशाखाले मौसमको अवस्थाबारे जानकारी राख्न तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित: २२ कार्तिक २०८३ ६:४० | Sunday, November 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast