अर्नब चक्रवातको प्रभाव कमजोर बन्दै, रातिदेखि नै रोकियो पानी

हिमाल प्रेस १५ कार्तिक २०८३ ६:२३ | Sunday, November 1, 2026
8
SHARES
अर्नब चक्रवातको प्रभाव कमजोर बन्दै, रातिदेखि नै रोकियो पानी

काठमाडौँ– अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको मौसम पूर्वाचनुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल नेपालमा माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसम क्रमिक रूपमा सुधार हुँदै छ।

हाल लुम्बिनी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौँ उपत्यकामा भने रातिदेखि नै पानी पर्न रोकिएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बादल लाग्ने छ भने हिमाली र पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

आज राति पनि देशभर आंशिक बादल लाग्नेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। तराई, उपत्यका तथा खोँचमा बिहानपख केही स्थानमा हुस्सु लाग्ने छ।

प्रकाशित: १५ कार्तिक २०८३ ६:२३ | Sunday, November 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast