काठमाडौँ– आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पनि एकैचोटि ३ डिग्री सेल्सियस बढेको छ।
मौसम विभागका अनुसमर आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.६ डिग्री सेल्सियस देखिएको हो।
आजको पनि वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: मापन गरिनेछ।
त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवाती मापनमा भन्दा केही कम हुने सम्भावना हुन्छ। तर कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ।
प्रकाशित: १२ कार्तिक २०८३ ८:१० | Thursday, October 29, 2026
प्रतिक्रिया



